सेनाका कर्मचारीले घर बनाउन २५ लाखसम्म ऋण पाउने
काठमाडौं । नेपाली सेनामा कार्यरत कर्मचारीले घर बनाउन सहुलियतपूणर् ऋण पाउन थालेका छन् । सेनामा न्यूनतम १० वर्ष सेवा गरेका कर्मचारीलाई घर बनाउन नेपाली सेनाले सहुलियत व्याजदरमा ऋण दिन शुरु गरेको हो । सैनिक सेवामा कार्यरत व्यक्तिले श्रीमान् वा श्रीमतीको नाममा नेपालका जुनसुकै ठाउँमा घर बनाउनका लागि ऋण लिन सक्ने छन् । यसलाई सेनाले सैनिक सकलदर्जा सहुलियतपूणर् आवास कर्जा नामाकरण गरेको छ ।
बुधवार सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले यसको शुभारम्भ गरेका छन् । सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा लिन सक्ने नेपाली सेनाले जनाएको छ । त्यस्तो ऋण लिन अहिलेसम्म २० जनाको आवेदन परेको सैनिक मुख्यालयले जनाएको छ ।