२०७८ पुस २२ गते बिहीबारको तपाईको राशिफल


२२ पुष २०७८, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुनसक्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मङ्गल कार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । धार्मिक यात्राको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यमा सफलता मिल्ने छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज इच्छा र आकांक्षा पूणर् हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७