ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका-११ को सिमात पुल नजिक ना ४ त ६०७५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रयाक्टर ठिंगनबाट हेटौँडा आउँदै थियो ।
दुर्घटनामा कैलाली घर भएका २८ वर्षीय मीनबहादुर बुढा मगर र नाम नखुलेका अर्का एक जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।