३८८ पालिकाको मत परिणाम : कांग्रेस १७८, एमाले ११६ र माओवादी ७९ मा विजयी


४ जेष्ठ २०७९, बुधबार
BBB Doti bijayiryali 1 scaled

काठमाडौं । यहि बैसाख ३० गते भएको स्थानीय तह चुनावको मत परिणाम आउने क्रम जारी छ । आज (बुधबार) बिहानसम्म देशका ७५३ मध्ये ३८८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । बुधबार बिहानसम्मको परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । दोस्रोमा एमाले रहेको भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।

कांग्रेसले १७८ स्थानमा स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उसले १७० उपप्रमुखमा जित हात पारेको छ । अझै १३४ स्थानीय तहको प्रमुखमा कांग्रेसले अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११६ स्थानमा जित हात पारेको छ । उसले उपप्रमुख पनि ११६ नै जितेको छ । देशका ८६ स्थानीय तहमा अझै एमालेले अग्रता लिइरहेको छ ।

तेस्रो बनेको नेकपा माओवादी केन्द्रले ७९ स्थानीय तहमा जित हात पारेको छ । उसले उपप्रमुख भने ८३ जितेको छ । माओवादी केन्द्रले ३८ स्थानमा अग्रता बनाइरहेको छ ।

चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ५ स्थानमा जित हात पारेको छ । १२ उपप्रमुख जितेको छ । उसले १५ स्थानमा अग्रता बनाएको छ । पाँचै स्थानीय तह जितेको जसपाले उपप्रमुख पनि पाँच वटा जितेको छ । उसले २६ स्थानमा अग्रता लिइरहेको छ । जनमोर्चाले पनि दुई स्थानमा जित हात पारेको छ । देशभर तीन जना स्वतन्त्र उम्मेद्वार पनि स्थानीय तहमा विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७