पोखरा महानगरपालिका प्रमुखमा नेकपा एसका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ विजयी
पोखरा । पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य प्रमुखमा निर्वाचित भएका हुन् ।
आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।
उपप्रमुखमा भने नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । रानाभाट गुरुङभन्दा ३ हजार ८८३ मत पछि परिन् ।