प्रशिक्षणमा माओवादीका जनप्रतिनिधि (तस्बिरहरू)
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौं बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो ।
माओवादीले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौंमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं संघीयताताविद्, अर्थतन्त्रविज्ञ, पूर्वमहान्यायाधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
तस्बिरहरु :