अब कुहिने र नकुहिने फोहोर नछुट्याए कामपाबासीलाई जरिवाना


९ असार २०७९, बिहीबार
fohor 1
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर संकलन नगर्ने जनाएको महानगरले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिबाना हुने जनाएको छ ।
हेर्नुस् सूचना

fohor

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७