८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको सामानुपातिक सूचीमा
काठमाडौँ: नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाका लागि समानुपातिकको सूचीमा परेका नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले नेपाल-चीन केरूङ व्यवासयी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ मंसिरमा हुने निर्वाचनका लागि केन्द्रीय सभातर्फ नेपाली कांग्रेस रसुवाबाट समानुपातिकबाट उम्मेदवारका रूपमा सिफारिस गरिएका व्यक्ति रहेको खुलास भएको छ । तामाङले चिनियाँ व्यापारीसँग मिलेर होटलहरूमा पनि लगानी गरेको भेटिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार ८८ किलो सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएपछि तामाङलार्इ सोमबार स्वयम्भूको ठुलोभर्याङबाट पक्राउ गरी हिरासतमा लिइएको छ ।
८८ किलो सुन चीनको केरूङ नाकाबाट रसुवागढी हुँदै राजधानीसम्म ल्याउने काममा मूख्य भूमिका खेलेको भेटिएपछि तामाङलार्इ पक्राउ गरिएको लोहनीले बताए ।