कांग्रेस दार्चुलाका पूर्व जिल्ला सभापति चन्द कांग्रेस (बिपी) मा प्रवेश


२५ श्रावण २०७९, बुधबार
IMG 7744

दार्चुला । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन् । बुधबार कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए । २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेल समेत परेका थिए । २०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए । तर, कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय रहेका थिए । बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बिपीको विधान आत्मसात गरी आवद्धता जनाएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७