कोरोनाबाट दुई जनाको मृत्यु, २०० संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो ।
यो अवधिमा देशभरबाट ३,५३७ नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १,३८१ र एन्टिजेनबाट २,१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । हाल सक्रिय कोरोना संक्रमितको संख्या २,६४२ पुगेको छ ।