नेयमारको निर्णायक गोलमा पीएसजीको जित
काठमाडौं । फ्रान्सेली लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्ट फुटबल क्लबमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।
शनिबार भएको खेलमा पीएसजीलाई महत्वपूणर् जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा नेयमारले एक गोल गरेका थिए । उनको गोल खेलको लागि निणर्ायक बन्यो र पीएसजीले तीन अंक बटुल्यो ।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ७ खेलबाट १९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट समान अंक जोडेको छ । तर, गोल अन्तरमा भने पीएसजी अगाडि छ ।