बाबुरामले ९३ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट लगाए टीका
काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुवाको हातबाट दशैँको टीका ग्रहण गरेका छन् ।
बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् । उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहरण गरेका छन् ।