भक्तपुर–२ मा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा
भक्तपुर । हिजो (४ मंसिर) मा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन शुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २,२३०, एमालेले १,६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।