अदिति श्रेष्ठले जितिन् ‘मिस ई–कलेज २०२३’ को उपाधि
काठमाडौं । काठमाडौँमा भएको ‘मिस ई–कलेज २०२३’ दशौं संस्करणको उपाधि भक्तपुर निष्ट कलेजमा अध्ययनरत १७ वर्षीय अदिति श्रेष्ठले जितेकी छिन् ।
सिजन मिडियाद्वारा बिहीबार आयोजित कार्यक्रममा १२ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि लिन सफल भएकी हुन् । उनले मस्ट ट्यालेन्ट अवार्ड समेत जितेकी छिन् । साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट, लेटमिइनको तर्फबाट रु १० हजारको गिफ्ट भौचर र नेपाल एयरहोस्टेज एकेडेमीको तर्फबाट घडी उपहार प्राप्त गरेकी छिन् ।
काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिस्पर्धामा नेशनल कलेज लैनचौरमा स्नातकमा अध्ययनरत रित मगिया फस्ट रनर अप भइन् भने व्राइट फ्यूचर कलेजमा अध्ययनरत सुस्मिता श्रेष्ठ सेकेन्ड रनर अप हुन सफल भइन् । उनीहरुले नेपाल एयरहोस्टेज एकेडेमीको तर्फबाट घडी उपहार साथै लेटमिइनको तर्फबाट क्रमशः १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा सपना सिंह कन्फिडेन्स अवार्ड, विविता राजवंसी एन्थुजियास्टीक, तिर्खा परियार वेस्ट पर्सनालीटी, महिमा चौधरी फोटोजेनीक, सगुन आचार्य इन्टेलीजेन्ट ,रस्मिता श्रेष्ठ व्यूटीफुल स्माइल, रिचा मर्हजन एलिगेन्स, शान्ति कुमारी लम्साल इनोसेन्ट र सजना थापा व्यूटीफुल स्किन अवार्डको उपाधि प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरू शान्ति लिम्बु, सन्तोषी शाही ठकुरी, लसता शाक्य, मोडल सोनाम केसी, काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्वर राजवंसी, सिनोमटोग्राफर कुसल श्रेष्ठ, पत्रकार श्रद्धा अर्याल, मिस ई–कलेजका पूर्व विजेता नितिका कर्मचार्य निर्णायक मण्डल रहेका थिए ।