अब फेसबुक ‘लमी’ बन्ने
काठमाडौं १९ वैशाख: फेसबुकले प्रयोगकर्ताहरूको लागि नयाँ सुविधा थप्ने भएको छ । अहिले च्याट, भिडियो च्याट, सामूहिक च्याट, गीत सुन्ने, फेसबुक लाइभ जस्ता सेवा प्रदान गर्दै आइरहेको फेसबुकले ‘डेटिङ एप’ ल्याउने तयारी गरेको हो । हाल फेसबुकले प्रदान गर्नलागको सेवा डेटिङ एपले जोडी नभएकाहरुको लागि जोडी उपलब्ध राउँने छ ।
फेसबुकका सिइओ मार्क जुकरवर्गका अनुसार जोडी नभएकाहरुको लागि जोडी बाँधिनको लागि ‘डेटिङ एप’ ल्याउन लागेको हो । हुन त अन्य कम्पनीहरूले पनि यस्तो सेवा प्रदान गर्दै आएका छन् । अब यस्तो सेवा प्रदान गर्दै आएका कम्पनीहरूसँग फेसबुकले प्रतिस्प्रधा गर्ने छन् । अन्य कम्पनीले जस्तै अब फेबुकले पनि जोडी नभएकाहरुको लागि सुहाउँदो जोडी उपलब्ध गराउँने मार्क जुकरवर्गले घोषणा गरेका छन् ।
मंगलबार उनले सिंगल रहँदै आएकाहरुको लागि अर्थपस्र्ण सम्बन्ध निमार्ण गर्ने बताउँदै भनेका छा्, भने, ‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन् । हामी अर्थपूर्ण सम्बन्ध निर्माणका लागि प्रतिबद्ध छौँ । त्यसैले सबैभन्दा अर्थपूर्ण कार्य सायद यहीँ हुनसक्छ ।’ फेसबुकको यस्तो घोषणाले यस्तो सेवा प्रदान गर्दै आएका कम्पनीहरूको शेयरमा गिरावट आएका छन् ।
यस्तो सेवा प्रदान गर्दै आएको टिन्डर प्यारेन्ट कम्पनी म्याच ग्रपको एकै दिनमा २२ प्रतिशत शेयर गिरावट आएको छ ।एजेन्सी