प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा सिफारिस, सिफारिसमा को–को परे ? (सूचीसहित)
काठमाडौं, २५ बैसाख । नेपाल प्रहरीका १६ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले सोमबार साँझ एसएसपीबाट डिआइजीमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
गृह मन्त्रालयद्वारा गठित बढुवा समितिका सदस्य सचिव एआइजी दिनेशचन्द्र पोखरेलद्धारा हस्ताक्षरित पत्रमा बढुवाको पहिलो नम्बरमा एसएसपी केदार रिजाल रहेका छन् ।
डिआइजी बढुवामा एसएसपीहरु शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का र दिनेश अमात्यलगायत सिफारिस भएका छन् ।
नेपाल प्रहरीमा २४ डीआइजीको दरबन्दी रहेता पनि सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस अगाडिको सरकारले जबरजस्ती थप गरेको ८ डीआइजीको दरबन्दी कटौती गरेको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक भागबण्डाको लागि जथाभावी सिर्जना गरेको दरबन्दी कटौती गरेसँगै रिक्त १६ डीआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।