एनआईसी एशिया बैंकको सिरहामा आठौं शाखारहित सेवा
काठमाठौं, ७ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्देश्य अनुसार सिरहाको कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने एनआइसी एशियाले जनाएको छ । सर्वसाधरणले बैंकबाट विभिन्न निक्षेप खाता खोल्न सक्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने एनआईशी एशियाले जनाएको छ ।
बैंकले मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवम् ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआइसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १५९ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कूल कर्जा करीब ११० अर्ब र कूल निक्षेप करीब १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करीब ११ लाख ५० हजार रहेको एनआइसी एशियाका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।