स्पेनको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त


२६ असार २०७५, मंगलवार
2018 07 09t122156z730125206rc1c280ff270rtrmadp3soccer enrique copy 1072018040419

मड्रिड, २५ असार (एएफपी) । बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो । 2018 07 09t122156z730125206rc1c280ff270rtrmadp3soccer enrique copy 1072018040419

विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको अधिकारीहरूले जनाएका छन् ।

“लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त हुनुभएको छ,“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भने ।

लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उनले बताए ।

रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७