कतारले विश्वकपमा नेपाली सुरक्षा गार्ड लाने
काठमाडौं १ साउन । कतारले २०२२ को विश्वकपका लागि नेपाली सुरक्षा गार्ड लान चाहेकाे कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापालाई औपचारिक जानकारी गराएका छन् ।
मंलबार राजदूत माहम्मदले गृहमन्त्री थापालाई भेटेर औपचारिक जानकारी गराएको हो । उनले भेटमा विश्वकपका लागि नेपाली सुरक्षा आवश्यक रहेको बताएका हुन् । राजदूत मोहमदले नेपाल सरकारसँग सम्झौता गरेरै सुरक्षा गार्ड लैजान कतार तयार रहेको बताए ।
राजदूत मोहम्मदले यसैवर्ष नेपाल र कतारबीच द्विपक्षीय सम्बन्ध भएको ४० वर्ष पुगेकोले भन्दै कतार भ्रमणको लागि पनि गृहमन्त्री थापालाई निमन्त्रण गरेका छन् । भेटमा आपसी पहत र सहकार्यका लागि पनि छलफल भएको थियो । गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरूको सेवा, सुविधा तथा सुरक्षाको विषयमा पनि छलफल गरेका थिए ।