एनआइसीले शुरु गर्यो ‘मिस्डकल बैंकिङ’ सेवा,यसरी लिनुहोस् सेवा
काठमाडौं, १ साउन । निजी क्षेत्रको अग्रणी बैंक एनआइसी एशिया बैंक लिमिटेडले आज (मंगलबार) बाट ‘मिस्डकल बैंकिङ’ सेवा शुरु गरेको छ । बैंकले देशका विभिन्न शहर, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधि प्रयोग गरी आफ्नो सेवालाई थप सशक्त बनाएको छ ।
मिस्डकल सेवाको शुरुवातसँगै अब बैंकका ग्राहक व्यालेन्स जानकारी, स्टेटमेन्ट जानकारी, कलव्याक सेवा लिन सक्ने बैंकले जनाएको छ । व्यालेन्स जानकारीका लागि मोबाइल नम्बर– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खाताको मौज्दातको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिने छ । यस्तै स्टेटमेन्ट जानकारी लिन मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिने छ ।
यस्तै कल ब्याक सेवा लिन मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कल ब्याकमार्फत विभिन्न सुविधा बारेमा जानकारी लिन सकिने बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । एनआइसीले अहिले मुलुकभर २३१ शखा, २२० एटिएम, १४ एक्सटेन्सन काउण्टर एवम् १५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा दिइरहेको छ ।
बैंकको वासलात आकार १७६ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करीब १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करीब ११९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भएको छ । हालसम्म यस बैंकको ग्राहक करीब ११ लाख ७५ हजार छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।