बागी फिर्ता नभए कारबाही गर्ने एमालेको चेतावनी
काठमाडौं: एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका पार्टी सदस्यहरुलाई फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
अनुशासन आयोगका अमृतकुमार बोहराले बक्तव्य जारी गर्दै पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।