पैसा बाडेको आरोपमा एमाले डाेटीका उम्मेद्वारलार्इ २४ घण्टे स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं : निर्वाचन आयोगले नेकपा (एमाले)का तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग २४ घण्टाभित्र स्पष्टीकारण पेस गर्न निर्देशन दिएको छ ।
कातिक २२ गते आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचना प्राप्त हुनआएकाले आलेमगरको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी आयोगमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हाे ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाईँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भए बापत निर्वाचन आयोग ऐनअनुसार तपार्इकाे उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।’ आयोगले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।
चुनावी प्रचारप्रसारमा रहेका निवर्तमान एमाले सासद आलेमगरले पैसा बाँडेको आरोप भन्ने एक अनलाइनमा प्रकाशित समाचारलाई आधार मानेर आयोगले स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताए ।