प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश द्वय चोलेन्द्र समशेर जवरा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । जबरजस्ती चन्दा असुलीको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई प्रहरीले हिरासतमा राखेको भन्दै नरेन्द्रबहादुर सिंह विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
कायममुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको साउन २८ गतेको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहितलाई शुक्रबार उपस्थित गराउन आदेश दिएका थिए ।