स्वास्थ्य परिक्षणका नाममा कामदार ठग्ने ‘गाम्का’ पनि बन्द गरिने


१ भाद्र २०७५, शुक्रबार
गाम्का


काठमाडौं, १ भाद्र । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट लगाएर आर्थिक भार थप्दै आएको संस्था गल्फ एपु्रभल मेडिकल सेन्टर (गाम्का)लाई सरकारले बन्द गर्ने भएको छ । गाम्काले साउदी अरब, बहराइन र ओमान जाने कामदारमाथि स्वास्थ्य परिक्षणका नाममा पैसा असुलीरहेका छन् ।

गाम्का

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्वास्थ्य परिक्षणका नाममा रकम असुली रहेका गाम्कालाई बन्द गराउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

गाम्का अन्तरगत १२ वटा स्वास्थ्य संस्थाले सरकारले तोकेकोभन्दा बढी रकम लिइरहेका थिए । १२ वटा स्वास्थ्य संस्थाले सिन्डिकेट लगाएर अहिलेसम्म करोडौं असुलेका छन् । गाम्कामा साइवा मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, हेल्थ केयर क्लिनिक, सिद्धि पोली क्लिनिक, कान्तिपुर डाइग्नोस्टिक सेन्टर, लाइफ केयर प्रिन्स डाइग्नोस्टिक सेन्टर, अल खालिज मेडिकल सेन्टर, राजम मेडिकल सेन्टर, अक्वा मेडिकल सेन्टर, अल मन्सुर डाइग्नोस्टिक सेन्टर मिडएसिया डाइग्नोस्टिक सेन्टर र लाइफ ट्रस्ट मेडिकल डाइग्नोस्टिक आवद्ध थिए ।

  • गाम्का अन्तरगतका १२ मेडिकल
    कान्तिपुर डायग्नोस्टिक, शंखमूल, बानेश्वर
    -हेल्थ केयर सेन्टर, त्रिपुरेश्वर
    -लाइफ केयर प्रिन्स डायग्नोस्टिक, त्रिपुरेश्वर
    -साइबा मेडिकल सेन्टर, पुल्चोक
    -साउदी–नेपाल मेडिकल सेन्टर, थापाथली
    -सिध्दी पोलीक्लिनिक, डिल्लीबजार
    -राजाम मेडिकल सेन्टर, चावाहिल
    -अक्वा मेडिकल सेन्टर, गौशाला
    -अल खालिज मेडिकल सेन्टर, चावाहिल
    -अल मन्सुर मेडिकल सेन्टर, बानेश्वर
    -मेडिट्रष्ट मेडिकल सेन्टर, चावाहिल
    -मेडिएसिया मेडिकल सेन्टर, बाँसबारी


साउदी, बहराइन र ओमान जाने पुरुष कामदारको हकमा स्वास्थ्य परिक्षण गराउँदा २ हजार ९ सय र महिला कामदारको हकमा ३ हजार १ सय रुपैयाँ लिनुपर्ने सरकारी व्यवस्था छ । तर, ५ वर्षदेखि गाम्काअन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले सरकारले तोकेकोभन्दा २ हजार भन्दा बढी रकम असुल्ने गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले गत जेठ २ गते मलेसिया रोजगारीमा जाने कामदारमाथि स्वास्थ्यलगायत अन्य शीर्षकमा सिण्डिकेट लगाएर आर्थिक ठगी गर्दै आएका ६ संस्था बन्द गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७