२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्णेल विमानस्थलाट पक्राउ
काठमाडौं, ३ भदौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनामा कार्यरत एक व्यक्ति पक्राउ परेका छन् ।
चितवनको भरतपुर– १० घर भई काठमाण्डौ सामाखुशी बस्ने ४१ वर्षीय भारतीय सेना आसाम राईफलमा कार्यरत कर्णेल बलबहादुर पुन आइतबार दिउँसो पक्राउ परेका हुन् । पुन घर विदामा आएको अनुसन्धानमा खुलेको छ ।
काठमाण्डौबाट पोखरा जाने क्रममा नेपाल प्रहरीको टोली चेकजाँच गर्दा उनको झोलामा प्वाइन्ट टु टु मिमिको राउण्ड २० वटा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले उनीमाथि कार्बाही अघि बढाएको छ ।