हत्यारा बने प्रदीप खड्का !


१० भाद्र २०७५, आईतवार
Pradeep khadka

काठमाडौं, १० भदौ । एकैखाले भूमिकामा रमाइरहेको आरोप लाग्न थालेका नायक प्रदीप खड्का अब नयाँ फिल्म ‘रोज’मा हत्याराको भुमिकामा देखिन्ने भएका छन् ।

आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म ‘रोज’मा ‘हत्यारा प्रेमी’को चरित्रमा देखिन्ने खुलासा गरेका छन् ।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले प्रदिपले भूमिकामा डुब्न निकै समय लागेको बताए । ‘प्रेमिकाको हत्या गर्ने प्रेमिको भूमिकामा डुब्न मलाई केही समय लाग्यो । तर यो भूमिकालाई मैले सार्थक तुल्याएको छु,’उनले भने,‘यसपटक मलाई दर्शकले विगतको भन्दा केहीफरक भूमिकामा देख्नुहुनेछ । जुन एउटा सरप्राइज नै हो।’

https://youtu.be/AaQQ4WSH8Kk

निर्देशक निरक पौडेलको निर्देशन रहेको फिल्ममा अभिनेता कर्मा र अभिनेत्री मिरुना मगरले अभिनय गरेका छन् । फिल्ममा निकिता पौडेल र मणिकर्ण केसीको लगानी छ । गोपिकृष्ण मुभिज र आरोही फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७