मेस्सीको दुई गोलसँगै बार्सिलोनाले टोटनह्यामलाई हरायो
एजेन्सी
लन्डन, असोज १८ लियोनल मेसीले दुई गोल गरेपछि च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले टोटेनह्ममाथि ४(२ को जित निकालेको छ।
टोटेनह्याम हटस्परको घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लिएको थियो। २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २(० को अग्रता दिलाए।
दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरे पनि लियोनल मेसीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए।
एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर खेलको अन्तिम मिनेटमा मेसीले पुनः गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए।
मेसीले च्याम्पियन्स लिगमा लगातार दोस्रो खेलमा गोल गरेका हुन्। मेस्सीले पहिलो खेलमा पिएसभीमाथी ह्याट्रिक गरेका थिए। मेसीले दुई खेलमा पाँच गोल गरिसकेका छन्।
जितसँगै समूह ुबिु को बार्सिलोनाले २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। लगातार दुई खेलमा हार बेहोरेको टोटनहम अंकबिहिन छ।