काठमाडौंकाे गेष्ट हाउसमा महिला र पुरुष मृत्त फेला, रहस्य खोज्दै प्रहरी
काठमाडौं, ८ कात्तिक । काठमाडौंका दुई वटा गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिएका छन् ।
गेष्ट हाउसमै मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेष्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन्देही बुटवल घर भएकी मीना गुरुङ मृत अवस्थामा बुधबार फेला परेकी हुन् । उनको कसरी मृत्यु भयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।
त्यसैगरी काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित कालिका गेष्ट हाउसमा ५–६ महिनादेखि बस्दै आएका अछाम मंगलसेन घर भएका अन्दाजी ५५ वर्षीय रुपबहादुर शाह सोही गेष्ट हाउसको शौचालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पनि मृत्युको कारण खुलेको छैन ।