नेपाली सेनालाई चीनको दुई अर्ब सहयोग
काठमाडौं, ११ कात्तिक । नेपाली सेनाका लागि आवशयक सैन्य वन्दोबस्तीका लागि चीनले नेपाललाई दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको गर्ने भएको छ ।
सहयोगसम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर गरेका छन् ।
सम्झौतामा चीनको रक्षा मन्त्रालयले नेपालको रक्षा मन्त्रालयमार्फत मानवीय विपत् तथा राहतको क्रममा प्रयोग हुने उपकरणहरू प्रदान गर्ने उल्लेख छ ।
दुबै पक्षले सहयोग सामग्री कस्तो र कति परिमाणमा लिने वा दिने ? सामानको डेलिभरी कहाँ गर्ने ? भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको जनाइएको छ ।
पाँच वर्ष अवधि रहेको सम्झौता अनुसार उपकरण नेपालसम्म चीनले आफ्नै खर्चमा ल्याई दिने भएको छ । स्वदेश आइसकेपछिको खर्च भने नेपाल स्वयमले व्यवहोर्नु पर्नेछ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्घेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री पोखरेललाई चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा एक सैनिक टुकडीले गारत सम्मान अर्पण गरेको थियो ।