मुख्यमन्त्री राउत एकाएक भाइरल, सबैको मुखमा प्रशंसा
काठमाडौं, २४ कात्तिक । प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत विभिन्न कारणले सञ्चारमाध्यमहरुमा बाक्लै आइरहन्छन् । तर यस पटकको तिहारमा उनी एकाएक भाइरल हुने गरी चर्चामा आएका छन् ।
तस्बिर : सामाजिक सञ्जाल
त्यो काम हो–फरक सँस्कृतिमा मुख्यमन्त्रीको सहभागिता । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भए । म्ह पूजामा सहभागी भएर राउतले नेवारी संस्कृतिअनुसार पूजाअर्चना गरेपछि उनको प्रशंसा बढेको छ ।
वीरगञ्जमा बिहीबार सम्पन्न म्ह पूजामा मुख्यमन्त्री राउत आफै सहभागी भएका थिए । उनले पूरै नेवारी परम्पराअनुसार म्ह पूजा गरेका थिए । म्ह पूजामा सहभागी भएका मुख्यमन्त्री राउतको त्यो अहिले तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनको उक्त कार्यक्रमको सहभागिताले सर्बसाधरणले राम्रो काम भन्दै प्रतिक्रिया दिइरहेका छन् । बेलाबेला हिन्दूहरूको चाढपर्वमा समेत सरिक हुँदै आएका मुख्यमन्त्री राउतले सबै धर्म र संस्कृतिलाई बराबरीको सम्मान दिने गरेका छन् ।