नैकापको नक्कली कम्पनीमा प्रहरीको छापा, दुई जना पक्राउ


२७ कार्तिक २०७५, मंगलवार
shyampu 1

काठमाडौं, २७ कातिक । बजारमा कम गुणस्तरको सामान छ्यापछ्याप्ती भइरहेको गुनासो बढिरहेका बेला प्रहरीले काठमाडौंको नैकापस्थित एक नक्कली कम्पनीमा छापा मारेको छ ।

shyampu 1

बहुराष्ट्रिय कम्पनी प्रोक्टर एण्ड ग्याम्बलको उत्पादन ‘हेड एन्ड सोल्जर’ लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका–१५ नैकापको एक घरमा नक्कली स्याम्पु र बीएमसी मसला उत्पादन गरिरहेको अवस्थामा छापा मारेको हो ।

उक्त ठाउँबाट नक्कली सामान उत्पादन गर्ने दुई जनालाई पक्राउ गरेको र तीन थान मेशिन बरामद गरेको महानगरी प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

पक्राउ पर्ने बासुप्रसाद बिडारी र ज्योती बिडारीले ज्योति सोप एण्ड केमिकलको नाममा कम्पनी दर्ता गरी विभिन्न ब्राण्डका नक्कली सामाग्री उत्पादन गर्दै आएको पाइएको छ ।

उनीहरुले आफ्नै घरको तल्लो तल्लामा डेढ वर्षदेखि नक्कली स्याम्पु र मसला व्यवस्थित रुपमा उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु श्रीमान् श्रीमती हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७