घलेम्दीको आइपिओ बिक्री शुरु


१९ पुष २०७५, बिहीबार
IPO aakhukhola

काठमाडौं, १९ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजनास्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवर्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर (आइपिओ) बिक्री शुरु गरेको छ ।

IPO aakhukhola

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री शुरु गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । सो कम्पनीको शेयर छिटोमा यही पुस २३ गतेसम्म र ढिलोमा आगामी माघ १८ गतेसम्म बिक्री गरिने छ ।

आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७