क्यान्सर बिरामीहरुका लागि र्‍याम्प शो हुँदै


२५ पुष २०७५, बुधबार
cancer

काठमाडौं, २५ पुस । नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’ हुने भएको छ ।

नियमित स्वास्थ्य परीक्षण गरी प्राथमिक तहमा नै क्यान्सर पत्ता लगाई उपचारपछि जीवन स्वाभाविक र स्वस्थ्य रहन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले यही पुस २७ गते शो आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिए ।

¥याम्प शोमा क्यान्सर सम्बन्धी सकारात्मक सूचना प्रवाह गर्ने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुनेछ ।

नेपाल क्यान्सर सहयोग समुहका कार्यक्रमका संयोजक रहेको स्वरुपा श्रेष्ठले सम्पूर्ण विश्वमा क्यान्सर रोग महामारिको रुपमा फैलिरहेको र नेपालमा पनि महामारिको स्वरुपधारण गरिहेको बताइन् ।

उनले भनिन्,‘विकसित मूलूकहरुमा क्यान्सर रोग सम्बन्धी जन चेतना, समयमा नै स्वास्थ्य परीक्षण गराउने भएकाले क्यान्सर रोग बृद्धिमा कमी भइरहेको छ । तर गरिवी, पछयौटे पन, शिक्षा दिक्षाको कमीको कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरुमा भने समाजमा प्रचलित विभिन्न किसिमका भ्रम र अंध विश्वासका कारण अधिंकाश जनता क्यान्सर रोगका ग्रस्त भइरहेका छन् ।’

नेपालमा डायवेटिज् उच्च रक्तचाप, मुटु रोगको नियमित परीक्षण गराउन नेपालीहरु केहि हदसम्म राजी भएता पनि क्यान्सर रोगको परीक्षणमा भने उनीहरु आल टाल गर्ने गरेको पाइएको बताइन् ।

‘अझ शरीरमा क्यान्सर सम्बन्धी केही लक्षणहरु देखा परेपछि मात्र जचाउने, अरुले थाहा पाउँछन्, उपेक्षाको दृष्टिले हेर्छन। कसै कसैले क्यान्सर सरुवा रोग हो क्यान्सर रोगीको सम्पर्कमा जान हुन्न जस्ता भ्रमका कारणले नेपालमा क्यान्सर मृत्यु दरमा अकल्पनिय बृद्धि भएको छ ।’, उनले भनिन्,‘फेरी केही शिक्षित र सम्पन्न परिवारमा समेत क्यान्सर भए बाचिन्न र बाँचे पनि क्यान्सर रोग पछिको जीवन वेकार हुन्छ भन्ने सोच रहेको छ ।’

उपचारमा रहेका क्यान्सरका विरामी र तिनीहरुका परिवार जनको मनोवल बढाउन ‘शो’ अत्यन्त उपयोगी हुने समेत हामी विश्वस्त रहेको बताइन् ।

‘समयमै क्यान्सरको उपचार गरी बाँचेका नेपालमा धेरै छन् तर तिनीहरु आफूलाई कुनै बेला क्यान्सर लागेको थियो भनेर भन्न पनि चाहँदैनन, जसका कारण अहिलेसम्म क्यान्सर मात्रै ठूलो रोग हो कि भन्ने गलत सन्देश समाजमा गइराखेको छ’, कार्यक्रम संयोजक श्रेष्ठले भनिन्, ‘त्यसैले क्यान्सर निको भएकाहरुलाई अगाडि ल्याएर उनीहरुमार्फत क्यान्सर अरुजस्तै सामान्य रोग हो, नियमित उपचार गरे क्यान्सर निको हुने मात्रै हैन, क्यान्सरपछि पनि जीवन छ भनेर हामीले सन्देश फैलाउन खोजेका हौँ’, ।

क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । धेरैले यो रोग निको भइसकेपछि पनि लुकाएर बसेका हुन्छन् । “जसरी चिनीरोग, उच्च रक्तचाप, ग्याष्ट्रिक, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनु पर्दैन भन्न खोजिएको हो ।

गरिब तथा आर्थिक रुपमा विपन्न क्यान्सर विरामीहरुको उपचारमा सहयोग पु¥याउन कोष संकलन गर्ने उद्देश्यले पनि यो ‘सुदिप्त क्यान्सर सर्भाईभर ¥याम्प शो’ आयोजना गरिएको जानकारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७