आईजीपी अर्याल नियुक्त विरुद्धको मुद्दा फेरि स्थगित


२ भाद्र २०७४, शुक्रबार

Supreme Court Of Nepal

काठमाडाैं : सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको विरोधमा परेको रिटको सुनुवाई बिहीबार पनि स्थगित भएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई गत वैशाख १९ गतेका लागि तोकिएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लागेपछि मुद्दाको सुनुवाई बिहीबारका लागि सरेको थियो ।

गत आईतबार सिलवालले दायर गरेको रिट निवेदन साप्ताहिक पेशी सूचीमा तोकिए पनि बिहीबार भने मुद्दा स्थगित भएको छ । अब उनको मुद्दा वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनपछि मात्रै सुनुवाई हुने निश्चित भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७