अनुत्तीर्ण आठ हजार अस्थायी शिक्षकलाई विदा गरिंदै, थप एक हजार अस्थायी शिक्षक छाँटिने


२९ पुष २०७५, आईतवार
teacher

काठमाडौं, २९ पुस । आन्तरिक प्रतिष्पर्धामा अनुत्तीर्ण आठ हजार बढी शिक्षकलाई सरकारले एकमुष्ट रकम दिएर विदा गर्ने तयारी सरकारले थालेको छ ।

teacher

सरकारले आन्तरिक प्रतिष्पर्धामा अनुत्तीर्ण आठ हजार अस्थायी शिक्षकलाई प्रतिव्यक्ति बढीमा १० लाख रुपैयाँ प्रदान गरेर विदा गर्ने तयारी थालेको हो । त्यसका लागि ८ अर्ब रकमको जोहोमा सरकार लागि परेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्थायीका लागि लिइएको परीक्षामा ‘अयोग्य’ लाई यति धेरै रकम खर्च किन ? भन्ने प्रश्न समेत अहिले उठ्न थालेको छ । आन्तरिक प्रतिष्पर्धाका लागि परीक्षा दिएका २२ हजार २ सय अस्थायी शिक्षकमध्ये करीब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका छन् । उनीहरुले ४० अंक पनि ल्याउन सकेनन् ।

कतिपय शिक्षक परीक्षामा सहभागी नै भएनन् । शिक्षा सेवा आयोगले अझै एक हजार अस्थायी शिक्षकलाई छाँट्ने समाचार स्रोतले जानकारी दिएको छ । उनीहरुको पनि विदाइ एकमुष्ट रकम दिएर गर्ने सरकारी तयारी रहेको छ ।

यही भएर ‘अयोग्य’ शिक्षकको विदाइका लागि ८ अर्बभन्दा बढी रकम खर्च हुने देखिन्छ । २२ हजार ७६ पदका लागि लिइएको परीक्षामा २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका थिए । तर, परीक्षामा २२ हजार २ सय मात्र सहभागी बने ।

परीक्षामा २०४९ पुसभन्दा पहिले २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकलाई सहभागी गराइएको थियो । शिक्षा ऐन संशोधनले परीक्षामा भाग नलिने र फेल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्ने व्यवस्था गरेको छ । आफूलाई स्थायी गर्नुपर्ने भन्दै बेलाबखत आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७