फुटपछि विवेकशिलले बोलायो महाधिवेशन, गर्‍यो यी ९ निर्णय


१ माघ २०७५, मंगलवार
bibekshil

काठमाडौं, १ माघ । आफूलाई वैकल्पिक शक्ति बताउँदै आएको विवेकशील साझा पार्टीले आउँदो २०७६ फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ ।

bibekshil

पुस ३० गतेदेखि माघ १ सम्म बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न मङ्गलबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सूर्यराज आचार्यले महाधिवेशनलगायत नौवटा निर्णय गरेको जानकारी गराएका छन् ।

बैठकले भावनात्मक एकता नमिल्दा पार्टी फुटेको जानकारी गराए । गत शुक्रबार संयोजक उज्ज्वलबहादुर थापा नेतृत्वमा १६ जना केन्द्रीय सदस्यले विवेकशील साझा फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

सैद्धान्तिक र वैचारिक रूपमा कुनै मतभेद नभए पनि भावनात्मक एकता हुन नसक्दा पार्टीमा विभाजन आएको पार्टी प्रवक्ता सूर्यराज आचार्यले बताए । त्यस्तै उनले विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी सङ्गठनमा भूमिका र मताधिकारको सुनिश्चितता गर्ने निर्णय पनि गरेको छ ।

साथै प्रदेश १ को प्रदेश संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । यस्तै ३ जनालाई केन्द्रीय कार्यसमितिमा सामेल गराएको छ भने केही केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।
‘पार्टीमा भावनात्मक सङ्कट पहिलेदेखि नै देखिएको थियो । त्यसलाई हामीले राजनीतिक रूपमा भन्दा व्यवस्थापकीय ढङ्गबाट समधान गर्ने खोज्यौँ ।

त्यसबाट समस्याको समधान हुन सकेन । यो बैठकबाट राजनीतिक ढङ्गबाट समाधान खोज्ने तयारी थियो । तर अगाडि नै साथीहरू छापामार शैलीमा छुट्टिनुभयो’ प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा भने ।

‘हामी वैकल्पिक राजनीतिक शक्ति निमार्णको क्रममा छौँ । आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउने जुनसुकै राजनीतिक दलसँग पार्टी एकता हुन्छ’, उनले भने, ‘तर ठूलो पार्टी बनाउने नाममा वैकल्पिक पार्टीका मर्मविपरीत पनि जाँदैनौँ । पार्टी एकतामा उदारताका साथै निकै सचेत पनि छौँ ।’
यस्ता छन् ९ निर्णय

sajha sDdQFnXpwi
sajha1 NNQDmqNKuH

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७