उपचारपछि काँग्रेस नेता निधि घर फिर्ता


११ मंसिर २०७४, सोमबार

काठमाडौँ : स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि  पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज घर फिर्ता भएका छन् ।

bimenedra nidhi
लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य परीक्षणपछि उहाँमा निमोनिया देखिएकामा उहाँलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि चलाई चिकित्सककै निगरानीमा राखिएको थियो ।
अस्पतालका पेटरोग विशेषज्ञ डा राहुल पाठक, छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकाललगायतको टोलीले उनको उपचार गरेको थियो । “उहाँले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक हुनुभएको छ तर पनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ,” डा  ढकालले बताए । धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् ।
नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति डा रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७