कांग्रेस उम्मेदवार कार्कीसहित ४ को अवस्था गम्भीर,त्रिविमा उपचार हुँदै


१३ मंसिर २०७४, बुधबार
1511950757816 NP KTM 20171129 IMG 0338
ad ljikmf]6sf 3fOt] lzIf0f c:ktfndf pbok’/sf] pbok’/u9L ufpFkflnsf– ^ sf] bg’jf/j];Ldf c1ft ;d”xn] a’waf/ ad ljikmf]6 u/fpFbf ePsf 3fOt]nfO{ pkrf/sf nflu x]lnsK6/af6 lqlj lzIf0f c:ktfndf NofO{Fb} . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं: उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर र दुई सामान्य घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुको हेलिकप्टरबाट ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

1511950757816 NP KTM 20171129 IMG 0338

उनीहरुको अहिले महाराजगञ्‍ज शिक्षण अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ। उदयपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता, धनमाया सार्की र गाडी ड्राइभर राजन कार्की प्रहरी जवान कालिदास श्रेष्ठ गम्भीर घाइते भएका छन्।त्यस्तै धरापमा पत्रकार नवराज पौडेल र कांग्रेस कार्यकर्ता मीरा कटुवाललाई पनि उपचार भइरहेको छ। उम्मेदवार कार्की र ड्र‍ाइभर राजन कार्कीको अवस्था गम्भीर रहेको छ।

1511950775267 NP KTM 20171129 IMG 0335 1

उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७