गोर्खाज फाइनान्सको नाफा १७१ प्रतिशतले बढ्यो, सेवाग्राहीको आकर्षण थपिंदै


१५ माघ २०७५, मंगलवार
gorkhas finance logo

काठमाडौं, १५ माघ । पछिल्लो समय चुस्त र स्तरीय सेवामार्फत सेवाग्राहीलाई आकर्षित गर्न सफल गोर्खाज फाइनान्स प्रालिको चालु आर्थिक वर्षको प्रथम ६ महिनाको नाफा १७१ प्रतिशतले बढेको छ ।

gorkhas finance logo

पुस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत वर्षको पहिलो ६ महिनामा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

वित्तीय क्षेत्रमा तरलता संकट हुँदा पनि यस फाइनान्सको व्यवसाय राम्रो देखिएको छ । २०७४ साल पुस मसान्तमा फाइनान्सले ४ अर्ब ५२ करोड निक्षेप संकलन गरेकोमा २०७५ पुससम्ममा ५ अर्ब ९० करोड निक्षेप पुर्‍याएको छ । यस अवधिमा समग्रमा वित्तीय क्षेत्रको निक्षेप वृद्धि करिव ६ प्रतिशत रहेकोमा फाइनान्सको निक्षेप वृद्धि ३० प्रतिशतभन्दा बढी छ ।

यो अवधिमा कर्जा लगानी ४ अर्बबाट ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । कर्जा निक्षेप अुनपात (सीसीडी रेसियो) ६९ प्रतिशत छ । क्यापिटल एडेक्वसी करिव १९ प्रतिशत छ । सीसीडी रेसियो र क्यापिटल एडेक्वसी सहज अवस्थामा रहेकाले फाइनान्सलाई आगामी दिन पनि व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ ।

फाइनान्सको खराव कर्जा भने ३.५८ प्रतिशतबाट ४.३२ प्रतिशत भएको छ । एनपीएल बढ्नु फाइनान्सको लागि राम्रो सूचक होइन । यस फाइनान्सको प्रतिेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ छ । प्रतिशेयर कुल सम्पत्ति ८९० रुपैयाँ छ । वित्तीय परिसूचकहरु राम्रो देखिए पनि बजारमा यस फाइनान्सको शेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ मात्र छ । फाइनान्स प्रालिले आर्थिक वर्ष २०७५–०७६ को दोस्रो त्रैमासिक प्रतिवेदमार्फत कारोबारको अवस्था सार्वजनिक गरेको हो ।

चुस्त र स्तरीय सेवाबाट सेवाग्राहीको मन जित्न सफल यस फाइनान्स प्रालिले आफ्नो प्रतिवेदनमा संस्थाको वित्तीय अवस्था, व्यवस्थापकीय विश्लेषण, कानूनी कार्वाही विवरण, शेयर कारोबारको विश्लेषण, संस्थागत सुशासन, संगठित शेयर कारोबारको अवस्था झल्किने गरी दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

हेर्नुस् त्रैमासिक विवरण

Gorkhaz

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७