डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसको अवरोध, प्रदेशसभा स्थगन


१८ माघ २०७५, शुक्रबार

काठमाडौं, १८ माघ । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

pradesh 5 sava hall1 2

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै कांग्रेसले सदनमा अवरोध गरेको हो ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा. केसीको जीवनरक्षा र निर्मला हत्याकाण्डका आरोपित अहिलेसम्म पनि पक्राउ नभएकाले खेद व्यक्त गर्दै सदन सञ्चालन हुन नसक्ने घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको विरोध भएकाले सदन सञ्चालन हुन नसकेकाले यही माघ २२ गतेसम्मका लागि प्रदेशसभा स्थगन भएको घोषणा गरेका हुन् ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७