कांग्रेस ‘फ्रस्टेशन’को शिकार भयो : माधव नेपाल


२७ माघ २०७५, आईतवार
madhav kumar Nepal

हेटौंडा, २७ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस ‘फ्रस्टेसन’को शिकार भएको बताएका छन् । लामो समय सत्तामा बसेको कांग्रेस अहिले बाहिर हुँदा फ्रष्टेशनमा गएको उनको दाबी छ ।

madhav kumar Nepal

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा नेपालले कांग्रेसको आन्दोलन एजेन्डा बिहिन भएको बताए । उनले भने,‘कुनै एजेण्डा बिना हाल गरिएको आन्दोलनको कुनै तुक छैन ।’ नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ ।

गोजीको व्यक्ति संगठनको नेतृत्व हुँदैन
नेपालले कसैले गोजीबाट निकालेको व्यक्ति संगठनको नेतृत्व नहुने बताए । ‘व्यक्ति व्यक्ति बीचको एकिकरण होइन, संगठन संगठनको एकिकरण हो, सिनियारिटको आधारमा नेतृत्व चयन हुनपर्छ’ नेता नेपालले भने,‘हामी सबै तहको नेतृत्व टुङ्गो लगाउने प्रक्रियामा छौं, केही समयभित्र सबै तहको नेतृत्व टुङ्गो लाग्छ, तर संगठन निर्माणको नाउँमा गोजिबाट निकालेको ब्यक्तिलाई नेतृत्व भने दिन सकिँदैन ।’

नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न बताए । उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए । तराईमा बिखण्डनकारी सोँचका साथ अघि बढेकाहरु असल नेपाली आमाको छोरा नभएको उनले तर्क गरे । ‘एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य हुँदैन, सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न पनि सक्दैन’, नेपालले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७