रोजगार संयोजकका लागि दुई हजार २५९ को नाम ‘सर्ट लिस्ट’ मा, क–कसको नाम निस्कियो ? (सूचीसहित)


२९ माघ २०७५, मंगलवार
nepal sarkar

काठमाडौं, २९ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २५९ को नाम सर्ट लिष्टमा समावेश भएको छ ।

nepal sarkar

मन्त्रालयले ७५३ तहका लागि प्रति तह (अधिकृत र नासु सरह) ३ जनाका दरले २ हजार २५९ जनाको नाम सर्टलिष्ट तयार गरेको छ । यसबाट पनि मन्त्रालयले कम्प्युटर स्किल परीक्षा लिएर ७५३ जना रोजगार संयोजक नियुक्त गरेर सबै तहमा खटाउने जनाइएको छ । रोजगार संयोजकका लागि जम्मा २३ हजार ९६८ जनाको आवेदन परेको थियो ।

प्रदेश–१ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि २ हजार १६४ जनाले आवदेन दिएका थिए । जसमध्ये ३९० जनाको नाम सर्ट लिस्टमा परेको छ । प्रदेश ११३० जनालाई छनोट गरिने छ ।

हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश–१ बाट ७ रोजगार संयोजक (नासु सरह) माग भएकोमा एक हजार ५०१ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट



यस्तै प्रदेश–२ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) मा १३६ जना माग गरिएकोमा ३ हजार ६४७ जनाले आवेदन दिएका थिए । जसमध्ये ४०८ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश–३ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ११२ जनाको माग गरिएकोमा ३ हजार १४९ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३३७ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश–३ बाट ७ जना रोजगार संयोजक (नासु सरह माग गरिएकोमा १ हजार ८४५ जनाको आवेदन परेको थियो । जसमा २२ जना सर्ट लिस्टमा परेका छन् ।

हेर्नुहोस् सर्ट लिस्ट

गण्डकी प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ७४ जनाको माग गरिएकोमा एक हजार १० जनाको आवेदन परेको थियो । जसमध्ये २२२ जनालाई सर्ट लिस्टमा राखिएको छ ।
हेर्नुहोस् सर्ट लिस्ट

गण्डकी प्रदेशमा नै ११ रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा ९४५ ले जनाको आवेदन परेको थियो । जसमा ३३ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

प्रदेश–५ मा रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि १ सय जनाको माग गरिएको थियो । जसमा २ हजार २७३ जनाको आवेदन परेकोमा ३२७ जना सर्ट लिस्ट अटाएका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

कर्णाली प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ६२ जना माग गरिएकोमा १ हजार ३८८ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये बाट १८६ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

कर्णाली प्रदेशमै १७ रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा १ हजार ९९० जनाले आवेदन दिएका थिए । जसमा ५२ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

सुदूरपश्चिम प्रदेशबाट रोजगार संयोजक (शाखा अधिकृत सरह) का लागि ८२ जना माग गरिएकोमा २ हजार ४०३ जनाको आवेदन परेको थियो । जसमा २४६ जना सर्ट लिस्टमा छानिएका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

सुदूरपश्चिम प्रदेशमै ६ जना रोजगार संयोजक (नासु सरह) माग गरिएकोमा १ हजार ६०२ जनाले आवेदन दिएका छन् । जसमध्ये १८ जना सर्ट लिस्टमा परेका छन् ।
हेर्नुहोस् सर्ट लिस्ट

कम्प्युटर स्किल परीक्षा भने सबै प्रदेशको काठमाडौंमै हुने मन्त्रालयले जनाएको छ । यसअघि सम्बन्धित प्रदेशको राजधानीमै हुने भनिएको परीक्षा मन्त्रालयले प्राविधिक समस्या देखाउँदै काठमाडौंमै गर्न लागिएको मन्त्रालयले जानकारी गराएको छ ।

सात वटै प्रदेशमा गर्ने भनिए पनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न लागिएका मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए । दाहालका अनुसार परीक्षा ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७