करियरलाई लगातार फेका कप उपाधी


१६ मंसिर २०७४, शनिबार
6

काठमाडौं: करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो पटक च्याम्पियन बनेको छ ।

6
फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएन ९फेका० को आयोजनामा पेप्सीकोला टाउन प्लानिङ मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन करियरले गोल्डेन बडलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयतर्फ लम्किएको थियो । अत्तिरिक्त समयमा दुवै पक्षबाट गोल सम्भव नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । निर्धारित समय गोल्डेनबडका विजय थापा मगरले टोलीलाई अग्रता दिलाएका थिए ।

करियरका सविन कोइरालाले गोल फर्काएपछि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । उपाधिसंगै करियरले २० हजार नगद पुरस्कार पायो भने गोल्डेन बडले १५ हजार नगद पुरस्कार हात पा¥यो । तेश्रो भएको श्रमशीलले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

प्रतियोगितामा गोल्डेन बडका उमेश खत्री उत्कृष्ट खेलाडी चुनिए भने प्रतियोगिता अवधिभर ७ गोल गरेका हाइली क्रिएटिभका निरज कार्की सर्वाधिक गोलकर्ता बने । डिफेन्समा करियरका आकाश शाह तथा गोलरक्षकमा एकलव्यका रुपेश बराइली उत्कृष्ट ठहरिए । विद्या विकासका दिपेश पाण्डे उदीयमान खेलाडी घोषित भए । डेन्स इन्टरनेसनल एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई केन्द्रीय प्याब्सनका कार्यावाहक अध्यक्ष डिके ढुंगानालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा २० टिम सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७