प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष


१६ फाल्गुन २०७५, बिहीबार

मेलम्ची, १६ फागुन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।

school 2

गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ ।

गत मंसिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोत व्यक्ति भरत नेपाल बताउँछन् । ‘व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महिनाभित्र प्रधानाध्यापकबाट राजीनामा दिने शर्तमा अध्यक्ष बनाइएको हो’, स्रोत व्यक्ति नेपालले भने ।

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरी चैतमा राजीनामा दिने बताउँछन् । गाउँपालिका शिक्षा शाखाका संयोजक खेतनाथ घिमिरेले कानून विपरीतको काम भएको स्वीकार गर्दै अबका केही दिनमा राजीनामा नदिए पद कायम नराखिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७