पहिचानका पक्षमा ‘राम’ भएर उभिन मुख्यमन्त्री राईलाई सांसद किरातीको आग्रह


१९ फाल्गुन २०७५, आईतवार
sudan

-अर्जुन कुलुङ राई
धरान, १९ फागुन । प्रतिनिधि सभाका सदस्य सुदन किरातीले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पहिचानका ‘पक्ष’ मा राम भएर उभिन आग्रह गरेका छन् ।

sudan

सुनसरीको धरानमा जारी किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सांसद किरातीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मुख्य मन्त्री ज्यू एक पटक राम भएर तपाई पहिचानको बाण उचाल्नुहोस्, एक चोटी यलम्बर, रामप्रसाद राई जीवि याख्थुम्बालाई सम्झिनुहोसु मरेर गएका शहीदहरुलाई सम्झिनुहोसु सक्नु हुन्छ भने सुम्निमा र पारुहाङ्गलाई सम्झिनुहोस् ।’ उनले थपे, ‘माथि रहेको बुढासुब्बालाई सम्झिदा पनि हुन्छ दह्राेसँग उभिएर पहिचानको बाण उचाल्नुहोस्, हनुमान बनेर हामी पनि उभ्ने छौं ।’

प्रदेश १ का सभामुख पनि यो भूमिकामा लक्ष्मण बनेर उभिने बताउँदै उनले भने, ‘तपाई नडराउनुहोस् इतिहासले तपाईलाई म्यान्डेट दिईसकेको छ ।’ प्रदेशको नामाङ्कनमा ऐतिहासिक तथ्य र गौरव विपरीत निर्णय गरिए आफूहरु मरेर गए पनि नयाँपुस्तालाई चिहानबाट जवाफ दिनुपर्ने बताउँदै सांसद किरातीले भने, ‘यहाँका जनताको चाहना भावना अनुरुप निर्णय लिंदा सबैलाई न्याय हुन्छ ।’

किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनले प्रदेश नम्बर १ लाई किरात नामकरण गरिनु पर्ने माग राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७