प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारका लागि यस्तो छ एमालेको मापदण्ड


१० आश्विन २०७४, मंगलवार
CPN UML office

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मापदण्ड र छनौट विधि तयार गरेको छ। मंगलबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मापदण्ड र छनौट विधि तयार पारेको हो ।CPN UML office

८ असोजमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारहरुको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको थियो । बैठकले असोज २७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने निर्णय गरेको एमाले सचिव एंव प्रचार विभागका सचिव योगेश भट्टराईले बताए ।

असोज २६ र २७ गते पार्टी स्थायी कमिटीको बैठक बसेर क्षेत्रीय कमिटी,जिल्ला कमिटी तथा प्रदेश कमिटीबाट उम्मेदवार सम्बन्धमा प्राप्त सुझाव, राय र सिफारिस समेतलाई आधार मानेर उम्मेदवारको अन्तिम निर्णय गरिने उनले बताए ।

एमालेले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन समन्वय समितिको बैठक बसी सकभर सर्वसम्मत नभए न्युनतम एक महिलासहित ३ जनाको नाम प्रत्यक्ष निर्वाचनको उम्मेदवारको लागि जिल्ला कमिटिमा सुझावका रुपमा प्रस्तुत गर्न निर्देशन दिएको छ। असोज १९ र २० गते जिल्लाको बैठकले क्षेत्रीय समितिबाट प्राप्त नामलाई रायसहित प्रदेश संगठन कमिटिमा बुझाउन बैठकले निर्देश गरेको छ ।

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार बनाउने छैन । तर विशेषस्थितिमा महिलाहरुको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जित्न सक्ने, जनतमा लोकप्रिय, संसदीय दृष्टिकोणमा रुची र ज्ञान भएको, समावेशिता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतको मापदण्ड तय गरेको छ ।

 

amale 2

amale 3

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७