आगलागीबाट छ लाख क्षति


३० फाल्गुन २०७५, बिहीबार
nayapage

काठमाडौँ, ३० फागुन । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै छ लाखको क्षति भएको छ ।

nayapage

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडाँै महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो । आगलागीबाट रु पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७