तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने


४ चैत्र २०७५, सोमबार

काठमाडौँ, ४ चैत । जल तथा मौसम पूर्वानुमान शाखाले आजदेखि तीन दिन मेघ गर्जनसहित देशका पहाडि भूभागमा हल्का पानी पर्ने संभावना रहेको जनाएको छ ।

शाखाको अनुसार देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको बताएको हो ।

पश्चिमी वायुको प्रभाव र प्रि–मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको हो । काठमाडौँमा भने पानी पर्ने सम्भावना कम रहेको छ । देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७