गाउँ गाउँमा विप्लबको ‘जनसत्ता’


५ चैत्र २०७५, मंगलवार
7 Shares
biplaw

दाङ, ५ चैत । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दश बर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँ गाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ ।

biplaw

‘जनकारवाही’ लाई ब्युँताएको भन्दै विप्लब समूहले ‘जनसत्ता’ भन्दै गठन गरेको जनसरकारलाई राज्यसत्ताको निगरानीको बलियो शक्तिका रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसरकार गठन गरिएको जिल्ला जनसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूलाई प्रतिबन्ध लगाएपछि गाउँ गाउँमा स्थापना भएका जनसरकारलाई झनै सक्रिय बनाइएको उनको भनाइ छ ।

‘तत्कालीन माओवादीको युद्धकालमा बनाइएका यी जनसत्तालाई सरकारलाई पुनः ब्युँताइएको हो’, उनले भने, ‘हामीलाई बर्तमान सरकारले प्रतिबन्ध नै लगाएपछि हामी सरकारको खिलाफमा समानान्तर सरकार सञ्चालन गरेर सक्रिय रुपमा लागेका हौं ।’ नागरिक दैनिकबाट

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७