प्रचण्ड अमेरिका पुगेका बेला डा. केसी द्वन्द्वकालीन मुद्दा बोकेर राष्ट्रसंघमा

प्रचण्ड अमेरिका पुगेकै बेला किन गए डा.केसी ?
काठमाडौं, ५ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका बेला डा.गोबिन्द केसी द्धन्द्धकालिन मुद्दाको बिषयमा ज्ञापनपत्र बोकेर राष्ट्र संघ भवन, पुल्चोक पुगेका छन् ।

२०५२ सालदेखि २०६३ सालसम्म चलेको दश वर्षे द्धन्द्धका दोषीलाई कारबाहीको माग गर्दे डा.केसी सहित चार जनाले राष्ट्र संघ भवन, पुल्चोक मार्फत राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मंगलबार डा.केसी सहित अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रतिम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिना ज्ञापनपत्र बोकेर संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय पुगेका थिए ।
डा.केसी सहित पुगेका टोलीले राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । डा.केसीले आफ्नो यसअघिको अनसनमा पनि द्धन्द्धकालिन मुद्दालाई प्रमुखताको साथ उठाएका थिए ।
संयोग की पूर्वयोजना अनुरुप ?

प्रचण्ड अमेरिका भ्रमणमा रहेकै बेला डा.केसी ज्ञापनपत्र बोकेर राष्ट्रसंघ भवन पुग्नु केवल संयोग मात्रै नभएको जानकारहरु बताउँछन् । स्रोतका अनुसार डा.केसी उनका सहयोगी मानिएका अधिवक्ता अर्याल लगायतले प्रचण्डको भ्रमणलाई नै प्रभावित पार्ने गरी गएका हुन् ।
डा.केसीले यसअघि पनि प्रचण्डलाई हत्यारा भन्दै कडा आलोचना गरेका थिए । डा.केसीको यो भनाईको सबैतिरबाट बिरोध र आलोचना भएको थियो ।
ज्ञापनपत्रमा सशस्त्र द्वयन्दवको दश वर्षेमा भएका गम्भीर अपराधका घटना मानवताविरुद्धको अपराध भएकोले उक्त अपराधका दोषीलाई फौजदारी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा सत्य निरुपण र वेपत्ता आयोगलाई अन्तर्रािष्ट्रय मापदण्ड बमोजिम अधिकार सम्पन्न, स्वतन्त्र र प्रभावकारी बनाउने गरी पुनःसंरचना गर्नुपर्ने माग गरिएको छ ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि अमेरिकामा छन् । प्रचण्ड बिरुद्ध अमेरिकामा समेत उजुरी भएको समाचारहरु बहिर आएका छन् ।


प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ जारी
तर प्रचण्डका लागि अमेरिकाले भने विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्रािष्ट्रय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।
अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।
प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।
प्रचण्डविरुद्ध हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेपनि त्यसले प्रचण्डलाई कानूनी झमला ननिम्त्याने स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्
प्रचण्डलाई अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी